April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

पोर्चुगलका राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोस बर्खास्त

3K

लन्डन । पोर्चुगल फुटबल महासंघले राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसलाई बर्खास्त गरेको छ । कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनलमा मोरक्कोसँग पराजयसँगै पोर्चुगल बाहिरिएसँगै उनी बर्खास्त भएका हुन् ।

पछिल्लो दुई खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेपछि निकै चर्चा पाएका सान्तोसले वीट्जरल्यान्ड विरूद्ध जित हासिल गरे पनि मोरक्कोविरुद्ध हार बेहोरेपछि उनको चर्को आलोचना भएको थियो ।

६८ वर्षीय सान्तोसले ८ वर्ष पोर्चुगल राष्ट्रिय टोली सम्हालेका थिए । सन् २०१६ मा उनले पोर्चुगललाई युरो च्याम्पियन बनाए । यद्यपि उनको अन्तिम खेलमा क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राख्नुनै प्रशिक्षकबाट हट्नुको प्रमुख कारण बन्यो ।

Advertisement

यद्दपी सान्तोसले खेलपछि बोल्दै रोनाल्डोलाई नखेलाउने निर्णय गलत नभएको र राजीनामा पनि नदिने बताएका थिए । सन् २०२४ मा हुने युरोपेली च्याम्पियनसिप सम्मका लागि सम्झौतामा रहेका सान्तोसले राजीनामा दिनुपर्ने अवस्था नरहेको बताएका थिए ।