March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

क्रिकेटर सन्दीप लामिछाने थप दुई दिन हिरासतमा

1.9K

क्रिकेटर सन्दीप लामिछाने थप दुई दिन हिरासतमाकाठमाडौं । बलात्कार आरोपमा हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई थप २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

आज ९आइतबार० जिल्ला अदालत काठमडौंले सन्दीपलाई थप २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । यसअघि थप गरिएको समयसीमा सकिएसँगै अदालतले नेपाल प्रहरीको आग्रहमा थप २ दिन अनुमतिका लागि समय थपेको हो । यसअघि पनि अनुसन्धानका लागि अदालतले असोज २४ गते २० गतेबाट गणना हुने गरी ७ दिनको म्याद दिएको थियो ।

त्यसपछि असोज २७ गते दोस्रो पटक पुनः ७ दिन म्याद थप गरेको थियो भने कात्तिक २ गते थप चार दिनको समय थप गरी अनुसन्धानका लागि समय दिएको थियो । सञ्चारकर्मीहरुसँग बोल्दै अधिवक्ता सरोजकृष्ण घिमिरेले प्रहरीको आग्रहमा थप दुई दिनको म्याद थपिएको बताए ।

Advertisement

उनले आइतबार नै प्रहरी अधिकृतले आफ्नो अनुसन्धान प्रतिवेदन सरकारी वकीललाई बुझाउने तयारी रहेको पनि बताए । उनले नेपाल प्रहरीको अनुसन्धान प्रक्रिया सुस्त भएको आफूहरुको बुझाइ रहेको बताए । १७ वर्षकी किशोरीले बलात्कार अभियोग लगाएपछि अनुसन्धानका लागि सन्दीपलाई असोज २० गते नेपाल आए लगत्तै विमानस्थलबाट नै पक्राउ गरिएको थियो ।