March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

विश्व कपमा एउटै देश बेलायतबाट दुई राष्ट्रिय टीमः इङल्याण्ड र वेल्स एकापसमा भिड्दै

3.5K

तस्बिर : दि गार्डियन

लण्डन । आगामी नोभेम्बर महिना कतारमा हुने विश्व कप फूटबल २०२२ मा संयुक्त अधिराज्य बेलायतबाट इङल्याण्ड र वेल्स दुई राष्ट्र फाइनल खेलका लागि छनौट भएका छन् ।

बेलायतका अन्य दुई राष्ट्र स्कटल्याण्ड र उत्तरी आयरल्याण्ड भने दुई छनौट चरणमै प्रतियोगिताबाट बाहिर परे ।

Advertisement

वेल्सले आइतबार राति युक्रेनलाई १–० ले हराउँदै फिफा विश्वकपमा स्थान बनाउन सफल भएको छ । उक्त जीतसँगै विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा खेल्ने वेल्सको सपना ६४ वर्षपछि पुरा गरेको छ ।

गारेथ बेलको कप्तानीमा कार्डिफ सिटी रंगशालामा प्रतिस्पर्धात्मक खेलको ३४औँ मिनेटमा आन्द्री यार्मोलेन्काले गरेको आत्मघाती गोल वेल्सको जीतमा निर्णायक बन्यो । बेलको फ्रिकिक क्लियर गर्ने क्रममा यार्मोलेन्काले आफ्नै पोस्टमा गोल गरेका थिए । युक्रेनका रुस्लान मालिनोभस्कीले ड्यानियल जेम्सलाई फाउल गरेपछि वेल्सले फ्रिकिकको अवसर पाएको थियो ।

‘‘वेल्सको फुटबल इतिहासमा यो सबैभन्दा ठूलो नतिजा हो । हामी सबै उत्साहित छौँ,’’ वेल्सका कप्तान बेलले भने, ‘‘यो हामीले खेल्न थालेदेखिको सपना हो । र त्यो दिनदेखि हामीले यसका लागि मिहिनेत गरिरहेका थियौँ । यो हामी समर्थकका लागि समर्पित गर्न चाहन्छौँ । यो खुसी शब्दमा वर्णन गर्न सकिँदैन ।’’


जीतसँगै वेल्सले कतारमा हुने फिफा विश्वकप २०२२ मा स्थान बनाउन सफल भएको छ । वेल्सले स्वीडेनमा सम्पन्न सन् १९५८ को विश्वकप खेलेपछि अहिलेसम्म विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा स्थान बनाउन सकेको थिएन । १९५८ मा वेल्स क्वार्टरफाइनलमा ब्राजिलसँग पराजित भएको थियो । वेल्सले अहिलेसम्म खेलेको त्यही एउटा विश्वकप हो ।

वेल्सले अब कतारमा अमेरिकाविरुद्ध खेल्दै नोभेम्बर २१ बाट विश्ककपको यात्रा थाल्नेछ । वेल्स रहेको समूह ‘बी’मा अमेरिकाबाहेक इरान र इंग्ल्यान्ड छन् । वेल्सले इंग्ल्यान्डविरुद्ध २०१६ को युरोपियन च्याम्पियनसिपपछि पहिलोपटक औपचारिक प्रतियोगतामा खेल्न लागेको हो । त्यति बेला वेल्सले इंग्ल्यान्डविरुद्ध एक मैत्रीपूर्ण खेल खेलेको थियो ।

SERRAVALLE, SAN MARINO – NOVEMBER 15: The England team line up prior to the 2022 FIFA World Cup Qualifier match between San Marino and England at San Marino Stadium on November 15, 2021 in Serravalle, San Marino. (Photo by Eddie Keogh – The FA/The FA via Getty Images)