March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

बेलायतमा साकेला उभौली–२०२२ भव्य रूपमा सम्पन्न

4K

लन्डन । बेलायतमा किराँत राई समुदायको महान् पर्व साकेला उभौली–२०२२ भव्य रूपमा सम्पन्न भएको छ । समुदायको जातीय सामाजिक संस्था किरात राई यायोक्खाको आयोजनामा यश वर्षको साकेला उभौली पर्व धूमधामसँग मनाइएको हो ।

यूकेमा रहेको किरायाको दुई समूहहरूले वकिङस्थित ग्याम्वल्सलेन आफ्नै किराँत हाउसमा भिन्दाभिन्दै मितिमा कार्यक्रमहरू आयोजना गरेर चाड मनाएको छ । गत २१ मेमा चन्द्र राई नेतृत्वको किरायाले साकेला उभौली मनाएको थियो ।

तस्वीरमा किरात राई यायोक्खा नेपालका केन्द्रीय अध्यक्ष दिवस राई, सचिव हेमन्द राई र एनआरएनए महासचिव खुशी लिम्बु ।

संस्थाको जेष्ठ सदस्य तथा किराया युकेको सल्लाहकार रत्न राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेश एकका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की पनि विशिष्ट अतिथिका रूपमा सामेल थिए । त्यस्तै, गिल्फोर्ड बोरो काउन्सिलका डिपुटी मेयर काउन्सलिर मासुक मिया, मगरज्यू गैरआवासिय नेपाली संघ युकेका अध्यक्ष प्रेम गाहा मगर, किराया नेपालका उपमहासचिव शुभचन्द्र राई, किरात राई बिधार्थी संघ नेपालका अध्यक्ष रामचन्द्र राई, आदिवासी जनजाति पत्रकार महासंघ यूकेकी अध्यक्ष गोमा राना, वकिंग वोरो काउन्सिलका काउन्सिलर चित्र राना, काउन्सिल जीव बेल्वासे, रस्मोर वोरो काउन्सिलका काउन्सिलर नेम थापा लगायत थिए ।

Advertisement

अन्य व्यक्ति र संस्थाहरुमा आङदावा शेर्पा अध्यक्ष शेर्पा संघ यूके, हितकाजी गुरुंग अध्यक्ष तमुधी युके, सीता पुर्जा पुन मगर अध्यक्ष मगर संघ युके, ओजेस लाल सिंह अध्यक्ष पासा पुचः गुठी युके, मणि तामाङ महासचिव तामाङ सोसाईटी युके, दुर्गा पाङ्मा अध्यक्ष सेवारो कलाकार संघ युके, किरण सुब्बा अध्यक्ष धरान समाज युके लगायत रहेको अध्यक्ष राईले जनाए ।
उक्त अवसरमा राई समुदायको लोकप्रिय नृत्य साकेलाका विभिन्न सिलीहरू पनि प्रदर्शन गरिएको थियो । त्यसअघि किरात हाउसमा नाक्छोङहरूको उपस्थितिमा मौलिक विधि, संस्कार अनुसार पितृहरूको पूजा पनि गरिएको थियो ।

२८ मेमा मेजर याेगेश राई नेतृत्वको किरायाले गरेको कार्यक्रममा अतिथिहरू ।

त्यसैगरी, २८ मेमा मेजर योगेश कोयी राईको अध्यक्षतामा रहेको समितिले पनि साकेला उभौली भव्य रूपमा मनाएको छ । उक्त कार्यक्रम बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो । त्यसैगरी, किरात राई यायोक्खा नेपालका केन्द्रीय अध्यक्ष दिवस राई तथा सचिब हेमन्त कुमार राई समेत सहभागी भएका थिए ।

त्यस्तै, लन्डन बरो अफ हन्स्लोका मेयर विष्णु गुरुङ, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवम् नेपाली वैज्ञानिक डा.महावीर पुन, एनआरएनए युके अध्यक्ष प्रेम गाहा मगर, नेपाल आदीवासी जनजाति महासंघ बेलायतका अध्यक्ष कर्मा पहाडी शेर्पा लगायतले बोल्दै साकेला उभौली पर्वको शुभकामना व्यक्त गरेका थिए ।

यूकेमा संस्थामा रहेको आन्तरिक विवादका कारण योयाक्खाको दुई भिन्दा भिन्दा समितिहरू सक्रिय छन् । साकेला उभौली वैशाख पूर्णिमा हुनु १५ दिनअघि सुरु हुने गर्छ । नेपालको माझ किरात खम्बुवान क्षेत्रबाट फैलिएको यो पर्व नेपालका पूर्वी जिल्लाहरू, काठमाडौं उपत्यका र विदेशमा भव्य रूपले मनाउने गरिँदै आएको छ । उभौली नयाँ धान, अन्नबाली लगाउनअघि पितृ, कूल देवताहरूलाई चढाउँदै मुन्दुम फलाकेर मनाउने गरिन्छ ।

२८ मेमा मेजर याेगेश राई नेतृत्वको किरायाले गरेको कार्यक्रममा अतिथिहरू ।