November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

लेस्टरसँग टोटेनहम पराजित

3.1K

काठमाडौं– लेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमलाई पराजित गरेको छ। आइतबार राति भएको खेलमा टोटेनहमलाई लेस्टरले २–० गोलअन्तरले पराजित गरेको हो।

जारी सिजनमा उत्कृष्ट प्रदर्शन गर्दै डिफेन्डिङ च्याम्पियन लिभरपुलसँग शीर्ष स्थानको लागि लुकमारी खेलिरहेको टोटेनहम आफ्नै मैदानमा लेस्टरसँग २–० ले स्तब्ध बनेको हो। लेस्टरको जितमा जेमी भार्डीले एक गोल गरे। लेस्टरले एक गोल भने टोटेनहमले आत्मघाती गर्दा उपहारस्वरुप पाएको थियो।

पहिलो हाफको अन्तिम समयमा टोटेनहमका सर्ज अउरिएरले वेस्ले फोफनालाई डिबक्सभित्र लडाएपछि लेस्टरले पेनाल्टी पाएको थियो। भार्डीले पेनाल्टीबाट गोल गर्दै लेस्टरलाई १–० गोलको अग्रता दिलाए। लेस्टरको जितको मुख्य आधार नै यही पेनाल्टी गोल रह्यो। खेलको ५९ औं मिनेटमा टोटेनहमका टोबीले आत्मघाती गोल गरेपछि लेस्टरले टोटेनहमलाई २–० गोलले पराजित गरेको हो।

Advertisement