November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

इंग्लिस प्रिमियर लिग: अंक दूरी बढाउँदै लिभरपुल

3.4K

काठमाडौं– साविक विजेता लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा फराकिलो जित निकालेको छ। शनिबार राति भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई ७–० गोलले पराजित गरेको हो।

क्रिस्टल प्यालेसको मैदानमा लिभरपुललाई जिताउन मोहम्मद सलाह र रोबर्टो फिर्मिनोले समान २–२ गोल गर्दा साडियो माने, ताकुमी मिनामिनो र जोर्डान हेन्डरसनले समान १–१ गोल गरे। खेलको तेस्रो मिनेटमा नै मिनामिनोको गोलबाट अग्रता लिएको लिभरपुलका लागि ३५ औं मिनेटमा मानेले गोल गर्दै २–० को अग्रता दिलाए। ४४ औं मिनेटमा फिर्मिनोले गोल गर्दा लिभरपुलले पहिलो हाफसम्म ३–० गोलको अग्रता बनायो।

५२ औं मिनेटमा हेन्डरसन, ६८ औं मिनेटमा फिर्मिनोले गोल गर्दा लिभरपुलले क्रिस्टल प्यालेसमाथि ५–० गोलको अग्रता बनायो। त्यसपछि ८१ औं र ८४ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई ७–० को फराकिलो जित दिलाए।

Advertisement