काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल)मा सबै भन्दा कम म्याचमा धेरै विकेट लिने किर्तिमान कागिसो रबाडाको नाममा दर्ता भएको छ । दक्षिण अफ्रिकाका दाँया हातका बलर रबाडा आइपीएलको चालु सिजन दिल्ली क्यापिटल्सबाट खेलिरहेका छन् । शनिबार चेन्नईविरुद्धको खेलमा उनले १ विकेट लिएका थिए ।
सोसँगै आइपीएल करियरमा उनको ५० विकेट पनि पुरा भएको थियो । उक्त विकेटसँगै सबै भन्दा कम म्याचमा बढी विकेट लिने किर्तिमान रबाडाको नाममा दर्ता भएको हो । उनले म्याचमा २७औं म्याचमा आइपीएल करियरको ५० विकेट पुरा गर्दै उक्त किर्तिमान आफ्ना नाममा दर्ता गरेका हुन् ।
यसअघि ३२ म्याचमा ५० विकेट पुरा गर्दै कलकाता नाइटराइडर्सका सुनिल नारायण सबै भन्दा कम म्याचमा बढी विकेट लिने पहिलो बलरका रुपमा रहेका थिए । रबाडाको किर्तिमानसँगै नारायण दोस्रो स्थानमा पुगेका छन् ।
त्यस्तै मुम्बईबाट आइपीएल खेलिरहका श्रीलङ्कका तिब्रगतिका बलर लसिथ मालिंगाले ३३ म्याचमा ५० विकेट पुरा गर्दै तेस्रो स्थानमा रहेका छन् ।