April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

जम्मु काश्मिरमा फुटवल पनि पटरीमा फर्कियो

4.7K

श्रीनगर । भारतीय संविधानबाट धारा ३७० खारेज गरिएसँगै विकास निर्माणले गती पक्डिएसँगै खेलकुद क्षेत्र पनि पटरीमा फर्किएको छ। खेलकुद क्षेत्र पटरीमा फर्किएसँगै फुटवलको खेलहरु पनि हुन थालेका छन् । केहि दिनदेखि जारी सहिद शुजात बुखारी मेमोरियल फुटबल च्याम्पियनशिपको पहिलो सेमिफाइनल शाही-वलायट जलग्राम र वाघुरा एफसीबीच उच्च माध्यमिक मैदान क्रेरीमा प्रतिस्पर्धा भएको थियो ।

वाघुरा एफसीले १-० ले जित्यो र फाइनलको लागि क्‍वालिफाइ भएर फाइनल प्रवेश गरेको छ । वाघुरा एफसीका विकास कौलले खेलमा एक गोल गरेका हुन् । यस प्रतिस्पर्धामा ४२ फुटबल टोलीले भाग लिइरहेका छन् ।

अल मुराद स्पोर्ट्स क्लब क्रेयरले राइजिंग कश्मीर न्यूजपेपरका संस्थापके र चीफ-एडिटर इन चीफ शहीद डा. शयद सुजात बुखारीको स्मरणमा च्याम्पियनसिपको आयोजना गरको हो ।

Advertisement