April 24, 2024, Wednesday
२०८१ बैशाख १३
1:37:26 pm

खेलकुदको माध्यमबाट समाजलाई थप एकताबद्ध बनाउन सकिन्छ: प्रेम गाहा मगर

2K

लण्डन -नटिङ्गहम नेपाली समाजद्वारा मिडल्याण्ड कप भलिबल प्रतियोगिता 2021 को फाइनल खेलमा बर्मिंङ्गहमले नटिङ्गहमलाई एकको बिरुद्द तीन सेट जीतेर ट्रफी हात पारेको छ |

गैरआवासीय नेपाली संघ यूकेका उपाध्यक्ष एवम् २०२१–२०२३ का लागि अध्यक्षका उम्मेदवार प्रेम गाहा मगरले ‘मिडल्याण्ड भलिबल टुर्नामेन्ट २०२१’ का विजयी टिमहरुलाई ट्रफी तथा पुरस्कार प्रदान गरेका थिए । नेपाली समाज नोटिङ्हामले मिडल्याण्डमा आयोजना गरेको प्रतियोगितामा ६ वटा नेपाली टिमहरुको सहभागिता थियो । प्रतियोगितामा प्रथम, द्वितीय तथा तृतीय हुने टिमहरुलाई पुरस्कार तथा ट्रफी प्रदान गरिएको थियो । साथै अध्यक्षका उम्मेदवार गाहा मगरले सहभागी सबै खेलाडीहरुलाई बधाई दिएका थिए ।

पुरस्कार प्रदान गर्दै गाहा मगरले आफूँ पनि पूर्व खेलाडी नै रहेको बताउँदै युवा खेलाडीहरुको क्षमता वृद्धि गर्न आफूँ लागिरहने बताए । ‘म पनि पूर्व खेलाडी नै हुँ, खेलकुदको माध्यमबाट समाजलाई थप एकताबद्ध बनाउन सकिन्छ’ उनले भने । अध्यक्षका उम्मेदवार गाहा मगरले आफूँले विगतदेखि नै खेलाडीहरुको क्षमता विस्तारमा ध्यान दिएको बताउँदै एनआरएनए एनसीसीको अध्यक्षमा निर्वाचित भएमा युवा खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि विशेष कार्यक्रम ल्याउने बताए ।

Advertisement

ट्रफी तथा पुरस्कार वितवरण कार्यक्रममा एनसीसीका उपाध्यक्ष तथा आगामी कार्यकालका लागि पनि नर्दन आयरल्याण्डबाट उपाध्यक्ष पदका उम्मेदवार नारायण कँडेल, उपाध्यक्ष पदकै अर्का उम्मेदवार गोविन्द खरेल, महासचिवका उम्मेदवार खुसी लिम्बु, युवा संयोजक पदका उम्मेदवार अनिल मल्ल, महिला संयोजक उम्मेदवार बिमला लिम्बु, सदस्य पदका उम्मेदवारहरु दीपक सापकोटा, भानुभक्त घिमिरे, उपेन्द्र पौडेल र इङ्ल्याण्ड राज्य समन्वय परिषदका सचिवका उम्मेदवार रामप्रसाद पन्थीको पनि उपस्थिति रहेको थियो ।

सोही अवसरमा अध्यक्षका उम्मेदवार प्रेम गाहा मगरसहित विभिन्न पदका उम्मेदवारहरुले खेलाडी तथा प्रतियोगितास्थलमा भेला भएका नेपाली समाजका अगुवा तथा एनआरएनका पन्जीकृत सदस्यहरुलाई भेटी आगामी निर्वाचनमा आफूँहरुलाई मतदान गर्न आग्रह गरेका थिए ।

एनसीसी यूकेको नयाँ नेतृत्व चयनका लागि यही ३१ जुलाईमा निर्वाचन हुँदै छ ।