November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा कुवेतका अब्दुल्लाह

3.5K

काठमाडौं ।नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा अब्दुल्लाह अलमुताइरीलाई जिम्मेवारी दिइएको छ। अखिल नेपाल फुटबल संघ ९एन्फा० को टेक्निकल कमिटीले कुवेतका अब्दुल्लाहलाई प्रशिक्षक नियुक्त गर्न सिफारिस गरेपछि उनलाई प्रशिक्षकको जिम्मेवारी दिइएको एन्फा स्रोतले जनाएको छ।

उनी प्रशिक्षक भएको घोषणा एन्फाले आज पत्रकार सम्मेलन गरेर गर्दैछ। यसअघि नेपाली टिमको मुख्य प्रशिक्षक बालगोपाल महर्जन थिए। महर्जनको नेतृत्वमा नेपालले गत साता थ्री नेसन्स कप जितेको थियो।

अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप छनोटका लागि प्रो लाइसेन्स प्राप्त प्रशिक्षक चाहिने नियम ल्याएको थियो। जसका कारण नेपालले प्रो लाइसेन्स प्राप्त अब्दुल्लाहलाई प्रशिक्षक बनाउन लागेको एन्फा स्रोतको भनाइ छ। नेपालले विश्वकप छनोटअन्तर्गत आगामी जुनमा तीन खेल खेल्न बाँकी छ। तीन वटै खेल कुवेतमा हुनेछन्।

Advertisement

अब्दुल्लाहलाई प्रशिक्षक नियुक्त गर्ने निर्णय एन्फाको कार्य समितिबाट भने गरिएको छैन। पछि अनुमोदान गर्ने गरी उनलाई जिम्मेवारी दिन लागिएको एन्फा स्रोतको भनाइ छ। यसअघि अब्दुल्लाह एन्फाको प्रशिक्षण विभागमा रहेर काम काम गर्ने गरी नेपाल आउन लागेको एन्फाले सार्वजनिक गरेको थियो।


प्रो(लाइसेन्स प्रशिक्षक तथा एएफसी कोचिङ इस्ट्रक्टर अब्दुल्लाहलाई नेपाल ल्याउनका लागि एन्फा र कतार फुटबल एसोसिएसनबीच सम्झौता भएको एन्फाको भनाइ थियो। यसअघि अब्दुल्लाहले कतारको अल सहनी फुटबल क्लबको यु-२३ टिमलाई प्रशिक्षण दिएका थिए।

यस्तै उनी किर्गिस्तानको यु-१७ टिमका प्रशिक्षक समेत रहेका थिए। उनीसँग साउदी अरेबिया र कुवेतका विभिन्न क्लबको प्रशिक्षक भएर काम गरेको अनुभव पनि छ।