November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

आर्सनलविरुद्ध लिभरपुलको सहज जित

3.7K

काठमाडौं– साविक विजेता लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा जित निकालेको छ। शनिबार राति भएको खेलमा लिभरपुलले आर्सनललाई ३–० गोलले पराजित गरेको हो।

घरेलु टिम आर्सनलविरुद्ध लिभरपुलका डियागो जोताले दुई र मोहम्मद सलाहले एक गोल गरे। पहिले हाफसम्म गोलरहित बराबरी खेलेको लिभरपुलले दोस्रो हाफमा गोल गर्दै जित निकालेको हो।

खेलको ६४ औं मिनेटमा जोताले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए। खेलको ६८ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई २–० को अग्रता दिलाए। एकपछि अर्को गोलको अवसर निकालेको लिरभपुलले तेस्रो गोल भने खेलको ८२ औं मिनेटमा गरेको थियो।

Advertisement

जोताले गोल गर्दै लिभरपुललाई ३–० गोलको जित दिलाए। त्यस्तै, शनिबार नै भएको अर्को खेलमा लिड्स युनाइटेडले शेफिल्ड युनाइटेडलाई २–१ गोलअन्तरले पराजित गरेको छ।

जितसँगै लिभरपुल लिगको पाँचौ स्थानमा उक्लिएको छ। लिभरपुलको ३० खेलबाट ४९ अंक भएको छ। पराजित आर्सनलको भने ३० खेलबाट ४२ अंक छ।