November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

विश्वकपको युरोपियन छनोट : इटालीको लगातार तेस्रो जित

2.1K

काठमाडौं– इटालीले विश्वकपको युरोपियन छनोट फुटबलमा लगातार तेस्रो खेलमा जित निकालेको छ। बुधबार राति भएको खेलमा इटालीले लिथुनियालाई पराजित गरेको हो।

समूह ‘सी’ मा रहेको लिथुनियालाई उसैको मैदानमा इटालीले २–० गोलअन्तरले पराजित गरेको हो। इटालीको जितमा स्टेफानो सेन्सी र सिरो इम्मोबिलले गोल गरे। पहिलो हाफमा गोलरहित बराबरी खेलेको इटालीले दोस्रो हाफमा गोल गर्दै जित निकालेको हो।

खेलको ४७ औं मिनेटमा स्टेफानोले गोल गर्दै इटालीलाई दोस्रो हाफको सुरुमै अग्रता दिलाए। खेलको अतिरिक्त समयमा इम्मोबिलले पेनाल्टीबाट गोल गर्दै इटालीलाई २–० गोलको जित दिलाए।

Advertisement

समूह ‘सी’ मा नै रहेको अर्को खेलमा बुल्गेरिया र नर्थन आयरल्यान्डले भने गोलरहित बराबरी खेलेका छन्।

इटालीको यो लगातार तेस्रो जित हो। यसअघि पहिलो खेलमा इटालीले नर्थन आयरल्यान्डलाई २–० र दोस्रो खेलमा बुल्गेरियालाई पनि २–० गोलअन्तरले नै पराजित गरेको थियो।