November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

भारतले जित्यो इंग्ल्यान्डविरुद्धको एकदिवसीय सिरिज

4.3K

काठमाडौं– घरेलु टिम भारतले इंग्ल्यान्डविरुद्ध एकदिवसीय क्रिकेट सिरिजको शृंखला पनि जितेको छ। अन्तिम खेलमा इंग्ल्यान्डलाई सात रनले पराजित गर्दै भारतले सिरिज २–१ ले जितेको हो।

योसँगै भारतले इंग्ल्यान्डविरुद्ध तीन वटै क्रिकेट फर्म्याटको सिरिज जितेको छ। यसअघि टेष्ट क्रिकेट र टि–२० क्रिकेट सिरिजको शृंखला जितेको थियो। यसअघि भारतले पाँच खेलको टि–२० क्रिकेट सिरिज ३–२ ले जितेको थियो। त्यस्तै, चार खेलको टेष्ट क्रिकेट सिरिज पनि भारतले ३–१ ले जितेको थियो।

३३० रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको इंग्ल्यान्डले ५० ओभरमा ९ विकेटको क्षतिमा ३२२ रन बनाउन सक्यो। इंग्ल्यान्डका लागि साम कुरानले अविजित ९५ रन बनाए पनि टिमलाई जिताउन सकेनन्। त्यस्तै, डेविड मलानले ५०, लियाम लिभिङ्सटनले ३६ र बेन स्टोक्सले ३५ रन बनाए।

Advertisement

बलिङतर्फ भारतका शार्दुल ठाकुरले चार र भुवनेश्वर कुमारले तीन विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ४८.२ ओभरमा सबै विकेटको क्षतिमा ३२९ रन बनाएको थियो।

भारतका लागि रिषभ पन्तले ७८, शिखर धवनले ६७, हार्दिक पाण्ड्याले ६४, रोहित शर्माले ३४ र सार्दुल ठाकुरले ३० रनको योगदान दिए। बलिङतर्फ मार्क वोडले तीन र आदिल राशिदले दुई विकेट लिए।