November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

विश्वकप छनोट : इंग्ल्यान्डको जित

3K

काठमाडौं– इंग्ल्यान्डले विश्वकप फुटबलअन्तर्गत युरोपियन छनोटमा जित निकालेको छ। बिहीबार राति भएको खेलमा इंग्ल्यान्डले सान मारिनोलाई ५–० गोलअन्तरले पराजित गरेको हो।

घरेलु टिम इंग्ल्यान्डका डोमिनिक काल्भर्ट लेविनले दुई गोल गरे। त्यस्तै, जेम्स वार्ड, रहिम स्टर्लिङ र ओलिई वाटकिन्सले समान १–१ गोल थपे। पहिलो हाफमा तीन गोल गरेको इंग्ल्यान्डले दोस्रो हाफमा थप दुई गोल गर्दै जित निकालेको हो।

खेलको १४ औं मिनेटमा नै जेम्स वार्डले गोल गर्दै इंग्ल्यान्डलाई १–० गोलको अग्रता दिलाए। २१ औं मिनेटमा डोमिनिक काल्भर्टले गोल गर्दै २–० को अग्रता दिलाए। ३१ औं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दा इंग्ल्यान्डले पहिलो हाफसम्म ३–० गोलको अग्रता बनायो।

Advertisement

खेलको ५३ औं मिनेटमा डोमिनिक काल्भर्टले गोल गर्दै इंग्ल्यान्डलाई ४–० गोलको फराकिलो अग्रता दिलाए। ८३ औं मिनेटमा वाटकिन्सले गोल गरेपछि इंग्ल्यान्डले विश्वकपअन्तर्गत युरोपियन छनोटमा फराकिलो जित निकालेको हो।