एजेन्सी । स्पेनिस क्लब क्लब रियल मड्रिडले च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेग घरेलु मैदानमै खेल्ने भएको छ । रियलले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा इंग्लिस क्लब लिभरपुलसँग खेल्नेछ ।
कोरोना भाईरसको महामारीलाई मध्येनजर गर्दै स्पेन सरकारले इंग्ल्यान्डबाट आउनेमाथि लगाएको कडाइ खुकुलो गरेपछि रियलले घरेलु मैदानमै खेल्न पाउने भएको हो । स्पेन सरकारले यात्रामा लगाएको प्रतिबन्ध मार्च ३० मा सकिनेछ ।
रियलले लिभरपुलसँगको पहिलो लेग अप्रिल ६ मा खेल्नेछ । यस्तै ग्रानडाले युरोपा लिग अन्तर्गत म्यानचेस्टर युनाईटेडसँगको पहिलो लेग समेत घरेलु मैदानमा खेल्नेछ । ग्रानडा र युनाईटेडबीचको खेल अप्रिल ८ मा हुनेछ ।