काठमाडौं । नेपाली राष्ट्रिय टिमका चार खेलाडी आबद्द मासा युनाईटेडले पाकिस्तान राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा फराकिलो जित निकालेको छ । मंगलबार भएको खेलमा मासा युनाईटेडले कराची वुमन्सलाई ३५-० गोल अन्तरले पराजित गरेको हो ।
नेपाली राष्ट्रिय टोलीकी गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा मैदान उत्रिएको मासाको यो लगातार तेस्रो जित हो । मासाको जितमा नेपालकी अनिता केसीले १६ गोल गरिन् । यस्तै मिडफिल्डर सरु लिम्बुले १० गोल गरिन् ।
अरिबाले ३ तथा सम्रोज समिरानाले दुई गोल गरिन् । गीता रानाले २ गोल गरिन् । गोलकिपर एन्जिलाले समेत २ गोल गरिन् । पहिलो खेलमा मासा युनाईटेडले सियालकोट सिटीलाई १९-० गोल अन्तरले पराजित गरेको
दोस्रो खेलमा मासाले हाइयर एजुकेसन कमिसनलाई ४-० गोल अन्तरले हराएको थियो ।