November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

एभर्टनलाई हराउँदै सिटी सेमिफाइनलमा

2.2K

काठमाडौं– म्यानचेस्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार राति भएको क्वाटरफाइनलमा सिटीले एभर्टनलाई २–० गोलले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो।

एभर्टनविरुद्धको जितमा इल्के गुन्डोगन र केभिन डे ब्रुयनले गोल गरे। पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको सिटीले खेलको अन्त्यतिर दुबै गोल गरेको थियो। खेलको ८४ औं मिनेटमा गुन्डोगनले गोल गर्दै सिटीलाई १–० गोलको अग्रता दिलाए।

खेलको ९० औं मिनेटमा केभिनले गोल गरेपछि सिटीले एभर्टनविरुद्ध २–० गोलको जित निकाल्दै सेमिफाइनलसम्मको यात्रा तय गरेको हो। पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको एभर्टनले अधिकांश समय दबाबमा खेलेको थियो।

Advertisement