November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

युनाइटेड र आर्सनल क्वाटरफाइनलमा

4K

काठमाडौं– इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र आर्सनल युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गर्दा टोटेनहम भने अन्तिम १६ बाटै बाहिरिएको छ।

बिहीबार राति भएको अन्तिम १६ को दोस्रो लेगका खेलहरु सकिएसँगै क्वाटरफाइनल समीकरणसमेत पूरा भएको छ। टोटेनहम डाइनामो जाग्रेबसँग समग्रमा ३–२ गोलअन्तरले पराजित हुँदै प्रिक्वाटरफाइनलबाटै बाहिरिएको हो।

बिहीबार राति दोस्रो खेलमा घरेलु टिम डाइनामोसँग ३–० ले पराजित हुँदै टोटेनहम बाहिरिएको हो। यसअघि पहिलो लेगमा भने टोटेनहमले २–० ले जितेको थियो। म्यानेचेस्टर युनाइटेडले भने युरोपा लिगको क्वाटरफाइनलमा स्थान बनाएको छ।

Advertisement

इटालियन क्लब एसी मिलानलाई समग्रमा २–१ ले हराउँदै म्यानचेस्टर युनाइटेडले अन्तिम आठमा स्थान बनाएको हो। पहिलो लेग १–१ गोलको बराबरीमा सकाएको युनाइटेडले दोस्रो लेगमा १–० ले हराएको हो।

यता, आर्सनल दोस्रो लेगमा १–० गोलले हारे पनि समग्रमा ३–२ को जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ। पहिलो लेगमा आर्सनलले ओलम्पियाकोसलाई ३–१ ले हराएको थियो।