November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

इंग्लिस क्लब च्याम्पियन्स लिग, सिटी क्वाटरफाइनलमा

5.9K

काठमाडौं– इंग्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। सिटीले जर्मन क्लब बोरुसिया मोन्चेनग्लादबाखलाई हराउँदै अन्तिम आठमा स्थान बनाएको हो।

घरेलु टिम सिटीले मंगलबार राति च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत दोस्रो लेगमा मोन्चेनग्लादबाखलाई २–० ले हराएको हो। यसअघि भएको पहिलो लेगमा पनि सिटीले २–० ले नै हराएको थियो। समग्रमा सिटीले ४–० को जित निकाल्दै क्वाटरफाइनल यात्रा तय गरेको हो।

सिटीको जितमा केभिन डे ब्रुयन र इल्के गुन्डोगनले गोल गरे। खेलको सुरुमै दबाबमा आएको मोन्चेनग्लाबाखविरुद्ध सिटीका केभिन डे ब्रुयनले १२ औं मिनेटमा गोल गर्दै १–० को अग्रता दिलाए। १८ औं मिनेटमा सिटीका इल्के गुन्डोगनले गोल गर्दा मोन्चेनग्लाबाख २–० गोलले पछि रह्यो।

Advertisement

पहिलो हाफमा नै २–० गोलको अग्रता बनाएको सिटीले यही अग्रतालाई कायमै राख्दै खेल जितेको हो।

च्याम्पियन्स लिगको अर्को खेलमा रियल मड्रिडले एटलान्टालाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ।