November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

सिरी ‘ए’ फुटबलको शीर्ष स्थानमा इन्टर मिलान विजयी

2.8K

काठमाडौँ- इटालियन सिरी ‘ए’ फुटबलमा शीर्ष स्थानको इन्टर मिलानले टोरिनोलाई पराजित गरेको छ ।

आइतबार राति भएको खेलमा इन्टरले टोरिनोलाई २-१ गोलले पराजित गरेको हो ।

इन्टरको जितमा रोमेलु लुकाकु र लाउटरो मार्टिनेजले एक एक गोल गरे । टोरिनोका एन्टोनियो सनाब्रियाले एक गोल फर्काए ।

Advertisement

जितसँगै इन्टर १७ खेलमा ६५ अंकसहित शीर्ष स्थानमा ९ अंकको अग्रता लिएको छ ।

टोरिनो २० अंकसहित १८औँ स्थानमा छ ।