November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

रोनाल्डोले राखे सर्वाधिक गोल गर्ने कीर्तिमान

2.3K

काठमाडौँ- युभेन्ट्सका स्टार खेलाडी रोनाल्डोले आधिकारिक खेलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाएका छन् ।

रोनाल्डोले आधिकारिक खेलमा ७ सय ७० गोल पूरा गर्दै पेलेको कीर्तिमान तोडेका हुन् । पेलेको नाममा ७ सय ६७ गोल रहेको छ ।

ब्राजिलियन लिजेण्ड पेलेले रोनाल्डोलाई बधाई समेत दिएका छन् ।

Advertisement

इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्सले आइतबार राति भएको खेलमा काग्लियारीलाई पराजित गर्ने क्रममा रोनाल्डोले कीर्तिमान कायम गरेका हुन् ।

काग्लियारीलाई उसैको मैदानमा  युभेन्ट्सले ३-१ गोलले पराजित गरेको हो ।

युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे ।घरेलु टिमका जियोभानी सिमओनले एक गोल फर्काए ।