November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

म्यानचेस्टर सिटीलाई १७ अंकको अग्रता

2.7K

काठमाडौं– म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा जित निकालेको छ। शनिबार राति भएको खेलमा सिटीले फुलहामलाई ३–० गोलअन्तरले पराजित गरेको हो। घरेलु टिम फुलहामविरुद्ध सिटीका जोहन स्टोनेस, गाब्रियल जिसस र सर्जियो अगुएरोले गोल गरे।

पहिलो हाफसम्म सिटीले फुलहामविरुद्ध गोलरहित बराबरी खेलेको थियो। तर दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेको हो। सिटीका लागि खेलको ४७ औं मिनेटमा जोहनले गोल गर्दै १–० को अग्रता दिलाए। ५६ औं मिनेटमा जिससले गोल गरेपछि सिटीले २–० को अग्रता बनायो। ६० औं मिनेटमा भने सर्जियोले पेनाल्टीबाट गोल गरेपछि सिटीले ३–० को सहज जित निकालेको हो।

लिगको शीर्ष स्थानमा रहेको सिटीले जितसँगै फराकिलो अंक दूरी बनाएको छ। सिटीले ३० खेलबाट ७१ अंक बनाएको हो। लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड भन्दा सिटी १७ अंकले अघि छ। म्यानचेस्टर युनाइटेडको २८ खेलबाट ५४ अंक छ।

Advertisement