November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

स्पेनिस ला लिगा: गेटाफेसँग एथ्लेटिको मड्रिडको बराबरी

2.7K

काठमाडौं– लिग लिडर एथ्लेटिको मड्रिडले स्पेनिस ला लिगा फुटबलमा कमजोर गेटाफेसँग बराबरी खेलेको छ। १० खेलाडीमा झरेको गेटाफेले एथ्लेटिको मड्रिडलाई गोलरहित बराबरीमा रोकेको हो।

पहिलो हाफसम्म एथ्लेटिको मड्रिडलाई गोलरहित बराबरीमा रोकेको गेटाफे ७० औं मिनेटमा भने १० खेलाडीमा सीमित बन्यो। एथ्लेटिको मड्रिडका रेनान लोडीलाई फोउल गरेपछि एलान नियोमले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि गेटाफे १० खेलाडीमा झरेको थियो।

तर निकै दबाबमा आएको गेटाफेविरुद्ध एथ्लेटिको मड्रिडले जित निकाल्न सकेन। ला लिगाकै अर्को खेलमा लेभान्टेले भ्यालेन्सियालाई १–० गोलअन्तरले पराजित गरेको छ। काडिज र अलभेसले १–१ गोलको बराबरी खेल्दा ओसासुना र भालाडोलिडले भने गोलरहित बराबरी खेलेका छन्।

Advertisement