November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

काठमाडौंले एपिएफलाई १८८ रनको लक्ष्य

२०७७ फाल्गुन २७

3.3K

काठमाडौं- काठमाडौं मेयर्स एघार टिमले काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगितामा विभागीय टिम एपिएफ क्लबलाई १८८ रनको लक्ष्य दिएको छ।

मूलपानी क्रिकेट मैदानमा जारी खेलमा काठमाडौंले ४८.५ ओभरमा सबै विकेटको क्षतिमा १७७ रन बनाएपछि एपिएफले सामान्य लक्ष्य पाएको हो। काठमाडौंका सन्दीप रजालीले ४८, हरिशंकर शाहले ३६ र विक्रम भूषालले २० रन बनाए।

बलिङतर्फ अविनाश बोहरा र कमलसिंह ऐरीले समान ३–३ विकेट लिए।

Advertisement