November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

म्यानचेस्टर सिटीको फराकिलो जित

२०७७ फाल्गुन २७

2.8K

काठमाडौं– लिग लिडर म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा फराकिलो जित निकालेको छ। बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटीले साउथह्याम्पटनलाई ५–२ गोलअन्तरले पराजित गरेको हो।

घरेलु टिम सिटीका केभिन डे ब्रुयन र रियाद महरेजले समान २–२ गोल गर्दा इल्के गुन्डोगनले एक गोल थपे। साउथह्याम्पटनका जेम्स वार्ड र चे आडम्सले गोल फर्काए।

खेलको १५ औं मिनेटमा केभिनले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए। तर २५ औं मिनेटमा पेनाल्टीबाट जेम्स वार्डले गोल गरेपछि साउथह्याम्पटनले १–१ गोलको बराबरी खेलेको थियो। रियाद महरेजले ४० औं मिनेटमा गोल गर्दा इल्के गुन्डोगनले पहिलो हाफको अन्तिम समयमा गोल गर्दै सिटीलाई ३–१ गोलको अग्रता दिलाए।

Advertisement

५५ औं मिनेटमा रियाद महरेजले गोल गरेपछि सिटीले ४–१ गोलको अग्रता लियो। तर ५६ औं मिनेटमा चे आडम्सले गोल गर्दै साउथह्याम्पटनलाई ४–२ को स्थितिमा ल्याए। ५९ औं मिनेटमा केभिनले गोल गरेपछि भने सिटीले ५–२ गोलको जित निकालेको हो।

शीर्ष स्थानमा रहेको सिटीले यो जितसँगै २९ खेलबाट ६८ अंक बनाएको छ।