November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

डर्टमुन्ड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश

२०७७ फाल्गुन २६

2.8K

काठमाडौं– जर्मन क्लब बोरुसिया डर्टमन्ड च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। डर्टमन्डले स्पेनिस क्लब सेभियासँग दोस्रो लेगमा २–२ गोलको बराबरी खेलेपनि समग्रमा ५–४ गोलको जित निकाल्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो।

यसअघि च्याम्पियन्स लिगको अन्तिम १६ मा भएको पहिलो लेगमा सेभियाविरुद्ध डर्टमन्डले ३–२ गोलको जित निकालेको थियो।

मंगलबार राति भएको दोस्रो लेगमा भने डर्टमन्ड सेभियासँग २–२ गोलको बराबरीमा रोकियो। डर्टमन्डका लागि दुबै गोल एर्लिङ हल्यान्डले गरे।

Advertisement

यता, युसेफ नेसिरीले पनि सेभियाका लागि दुई गोल गरे। खेलको ३५ औं मिनेटमा गोल गर्दै हल्यान्डले डर्टमन्डलाई १–० गोलको अग्रता दिलाए। ५४ औं मिनेटमा पेनाल्टीबाट हल्यान्डले गोल गरेपछि डर्टमन्डले २–० गोलको अग्रता बनायो।

तर खेलको ६८ औं र खेलको अन्तिम समयमा नेसिरीले गोल गर्दै सेभियालाई २–२ गोलको बराबरी दिलाए।