November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

एभर्टनविरुद्ध चेल्सीको जित

२०७७ फाल्गुन २५

2.8K

काठमाडाैं–चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनलाई २–० गोलले पराजित गरेको छ। आत्मघाती गोलबाट पछि परेको एभर्टन दोस्रो हाफमा अर्को गोल खाँदै चेल्सीसँग पराजित भएको हो। सोमबार राति घरेलु टिम चेल्सीले खेलको ३१ औं मिनेटमा अग्रता बनाएको थियो।

एभर्टनका बेन गोडफ्रेले आत्मघाती गोल गरेपछि चेल्सीले १–० गोलको अग्रता बनायो। पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको चेल्सीले दोस्रो हाफमा थप एक गोल गर्दै जित निकाल्यो। ६५ औं मिनेटमा जोर्गिन्होले गोल गरेपछि चेल्सीले एभर्टनलाई २–० गोलले हराएको हो।

त्यस्तै, सोमबार राति नै भएको अर्को खेलमा वेष्ट हामले लिड्सलाई २–० गोलअन्तरले पराजित गरेको छ। लिड्सविरुद्ध दुबै गोल वेष्ट हामले पहिलो हाफमा गरेको थियो।

Advertisement

जितसँगै चौथो स्थानमा रहेको चेल्सीको २८ खेलबाट ५० अंक भएको छ। एभर्टन भने २७ खेलबाट ४६ अंकसहित लिगको छैटौं स्थानमा छ।