November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

स्पेनिस ला लिगा फुटबल: एथ्लेटिको मड्रिडसँग अंक दूरी घटाउँदै बार्सिलोना

२०७७ फाल्गुन २३

3.7K

काडमाडौं– बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा जित निकालेको छ। शनिबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई २–० गोलले पराजित गरेको हो।

घरेलु टिम ओसासुनाविरुद्ध बार्सिलोनाले सहज जित निकाल्ने क्रममा जोर्डी अल्बा र लेक्स मोरिबाले गोल गरे। पहिलो हाफमा एक गोलको अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल गर्दै जित निकालेको हो।

खेलकाे ३० औं मिनेटमा जोर्डी अल्बाले गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाए। ८३ औं मिनेटमा मोरिबाले गोल गर्दै बार्सिलोनालाई २–० को जित दिलाए।

Advertisement

अर्को खेलमा भने सेभिया इल्चेसँग २–१ गोलअन्तरले स्तब्ध बनेको छ। त्यस्तै, भ्यालेन्सियाले भिल्लारियलाई २–१ गोलले पराजित गर्दा काडिजले इबारलाई १–० ले हराएको छ। भालाडोलिडले गेटाफेलाई २–१ गोलले पराजित गरेको छ।