November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

इटालियन सिरि ए फुटबल: लाजियोविरुद्ध युभेन्टसको जित

२०७७ फाल्गुन २३

3.3K

काठमाडौं– साविक विजेता युभेन्टसले इटालियन सिरि ए फुटबलमा जित निकालेको छ। शनिबार राति भएको खेलमा युभेन्टसले लाजियोलाई ३–१ गोलअन्तरले पराजित गरेको हो।

घरेलु टिम युभेन्टसका अल्भारो मोरटाले दुई गोल गर्दा एक गोल भने एड्रिन रविओटले गरे। लाजियोका जोक्विन कोरेयाले गोल गरे। खेलको १४ औं मिनेटमा कोरेयाले गोल गर्दै लाजियोलाई १–० गोलको अग्रता दिलाए। तर ३९ औं मिनेटमा एड्रिनले गोल गरेपछि युभेन्सले पहिलो हाफसम्म लाजियोसँग १–१ गोलको बराबरी बनायो।

५७ औं मिनेटमा मोरटाले गोल गर्दै युभेन्टसलाई २–१ गोलको अग्रता दिलाए। त्यसको तीन मिनेटपछि नै मोरटाले पेनाल्टीबाट अर्को गोल गर्दै युभेन्टसलाई ३–१ गोलको जित दिलाए।

Advertisement

इटालियन सिरि ए फुटबलमै भएका अन्य खेलमा उडिनेसले सासुओलोलाई २–० गोलले पराजित गर्दा स्पेजिया र बेनेभेन्टोले भने १–१ गोलको बराबरी खेलेका छन्। तेस्रो स्थानमा रहेको युभेन्टसले २५ खेलबाट ५२ अंक बनाएको छ। लिगको शीर्ष स्थानमा रहेको इन्टर मिलानको २५ खेलबाट ५९ अंक छ। एसी मिलान २५ खेलबाट ५३ अंक बनाउँदै लिगको दोस्रो स्थानमा छ।