November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

इंग्लिस प्रिमियर लिग फुटबल: ब्राइटनविरुद्ध लेस्टरको जित

२०७७ फाल्गुन २३

2.5K

काठमाडौं– लेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा जित निकालेको छ। लेस्टरले ब्राइटनलाई २–१ गोलले पराजित गरेको हो।

घरेलु टिम ब्राइटनविरुद्ध शनिबार राति भएको खेलमा उत्कृष्ट पुनरागमन गर्दै लेस्टर सिटीले जित निकालेको हो। लेस्टरको जितमा केलेची हेनाचो र ड्यानियल अमार्टेले गोल गरे।

ब्राइटनका लागि एडम लेलनाले गोल गरे। खेलको १० औं मिनेटमा एडमले गोल गर्दै ब्राइटनलाई सुरुवाती अग्रता दिलाए। खेलको ६२ औं मिनेटमा केलेचीले गोल गरेपछि लेस्टरले १–१ गोलको बराबरी बनायो। खेलको ८७ औं मिनेटमा ड्यानियलले गोल गर्दै लेस्टर सिटीलाई २–१ गोलको जित दिलाए।

Advertisement

अन्य खेलमा साउथह्याम्पटनले शेफिल्ड युनाइटेडलाई २–० गोलअन्तरले पराजित गर्दा एस्टन भिल्ला र वुल्भ्स भने गोलरहित बराबरीमा रोकिएका छन्। त्यस्तै, आर्सनलले बर्नलीसँग १–१ गोलको बराबरी खेलेको छ।

जितसँगै लेस्टर सिटी प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ। लेस्टरले २८ खेलबाट ५३ अंक बनाएको छ। पराजित ब्राइटनको भने २७ खेलबाट २६ अंक छ। लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीको २७ खेलबाट ६५ अंक छ।