November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

स्पेजियाविरुद्ध युभेन्टस सहज जित

२०७७ फाल्गुन १९

2.3K

काठमाडौं– साविक विजेता युभेटन्सले इटालियन सिरि ए फुटबलमा जित निकालेको छ। युभेन्टसले स्पेजियालाई ३–० गोलअन्तरले हराएको हो। घरेलु टिम युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो, अल्भारो मोरटा र फेडेरिको चिसाले गोल गरे। पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको युभेन्टसले दोस्रो हाफमा तुलनात्मक राम्रो खेल्दै जित निकालेको हो।

६२ औं मिनेटमा मोरटाले गोल गर्दै युभेन्टसलाई १–० गोलको जित दिलाए। फेडेरिकोले ७१ औं मिनेटमा गोल गर्दा युभेन्टसको अग्रता २–० मा पुग्यो। एकपछि अर्को गाेल गर्दै दबाब दिएको युभेन्टसले ८९ औं मिनेटमा अर्को गोल गर्यो। यो पटक भने रोनाल्डोले गोल गर्दै युभेन्टसलाई ३–० गोलको जित दिलाए।

यो जितपछि युभेन्टसले लिगको शीर्ष स्थानमा रहेको इन्टर मिलानसँग अंक दूरी घटाएको छ। लिगको तेस्रो स्थानमा रहेको युभेन्टसको २४ खेलबाट ४९ अंक छ। इन्टर मिलानसँग युभेन्टस सात अंकले पछि छ। इन्टर मिलानको २४ खेलबाट ५६ अंक हुँदा लिगको दोस्रो स्थानमा रहेको एसी मिलानको समान खेलबाट ५२ अंक छ।

Advertisement