November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

ला लिगामा एथ्लेटिको मड्रिडको ५ अंकको अग्रता

२०७७ फाल्गुन १७

3K

काठमाडौं– लिग लिडर एथ्लेटिको मड्रिडले स्पेनिस ला लिगा फुटबलमा ५ अंकको अग्रता बनाएको छ। 

आइतबार राति भएको खेलमा एथ्लेटिको मड्रिडले भिल्लारियललाई २–० गोलअन्तरले हराएको हो।

एथ्लेटिको मड्रिडको जितमा जोआओ फिलिक्सले गोल गरे। अर्को गोल भने भिल्लारियलका अल्फोन्सो पेद्राजाले आत्मघाति गरेपछि एथ्लेटिको मड्रिडले उपहारस्वरुप पाएको थियो। 

Advertisement

खेलको २५ औं मिनेटमा नै पेद्राजाले आत्मघाति गोल गरेपछि एथ्लेटिको मड्रिडले १–० को अग्रता बनायो। 

पहिलो हाफमा एक गोलको अग्रता बनाएको एथ्लेटिको मड्रिडले दोस्रो हाफमा थप एक गोल गर्दै जित निकालेको हो। खेलको ६९ औं मिनेटमा फिलिक्सले गोल गर्दै एथ्लेटिको मड्रिडलाई २–० गोलको जित दिलाए।