November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

एटलान्टाविरुद्ध रियलको संघर्षपूर्ण जित

२०७७ फाल्गुन १३

3.2K

काठमाडौं– रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ अन्तर्गत पहिलो लेगमा १० खेलाडीमा सीमित एटलान्टालाई पराजित गरेको छ। स्पेनिस क्लब रियल मड्रिडले इटालियन क्लब एटलान्टालाई १–० गोलले हराएको हो।

घरेलु टिम एटलान्टा सुरुवाती समयमै १० खेलाडीमा सीमित भयो। फेर्लान्ड मेन्डीलाई फोउल गरेपछि एटलान्टाका रेमो फ्रेउलर सिधैं रातो कार्ड खाँदै मैदानबाट बाहिरिए। तर एटलान्टाले पहिलो हाफसम्म रियललाई गोलरहित बराबरीमा रोक्न सफल भयो।

सुरुवातमै दबाबमा आएपनि एटलान्टाले रियललाई गोल गर्न भने दिएन। तर अन्तिम चार मिनेट रियलविरुद्ध एटलान्टा सम्हालिन नसक्दा हार ब्यहोर्नु पर्यो। ८६ औं मिनेटमा भने फेर्लान्डले गोल गर्दै रियललाई १–० को संघर्षपूर्ण जित दिलाए। सुरुवातमै दबाबमा आएको एटलान्टाले रक्षात्मक खेल खेलेको थियो।

Advertisement

खेलअवधिभर एटलान्टाले रियलको पोष्टमा दुई पटक मात्रै प्रहार गरेको थियो। जबकी रियलले १९ पटक प्रहार गरेको थियो।