November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

ग्रेटर रस्मूर नेपाली कम्युनिटी यूकेको अध्यक्ष पद लीला सेलिङलाई हस्तान्तरण

1.2K

लन्डन । साहित्यकार लीला सेलिङ माबो ग्रेटर रस्मूर नेपाली कम्युनिटी यूकेको अध्यक्ष बनेकी छिन् । आइतबार अल्डरसटस्थित जीआरएनसी हलमा आयोजित एक समारोहबीच अध्यक्ष मान गुरुङले माबोलाई पद हस्तान्तरण गरेका हुन् ।

गुरुङ र माबो २०८० सालमा भएको अधिवेशनबाट आलोपालो नेतृत्व गर्नेगरी अध्यक्षमा चयन भएका थिए । जसअनुसार १८ महिने कार्यकाल सकिएपछि गुरुङले पद हस्तान्तरण गरेका हुन् । अब माबोले १८ महिना जीआरएनसीको नेतृत्व गर्नेछिन् ।

अध्यक्ष मान गुरुङको अध्यक्षतामा भएको पद हस्तान्तरण समारोहमा स्वास्थ्य र सुरक्षाबारे सचिव प्रजेश श्रेष्ठले जानकारी गराएका थिए ।

Advertisement

कार्यक्रम सञ्चालन महासचिव सुनिल रानाले तथा स्वागत मन्तव्य उपाध्यक्ष एवं संयोजक डा.विशाल गुरुङले राखेका थिए ।

यस्तै, कोषाध्यक्ष श्याम श्रेष्ठ र सहायक कोषाध्यक्ष मिलन रोकाले आर्थिक प्रतिवेदन पेस गरेका थिए भने संस्थाको हालसम्मको उपलब्धि र गतिविधिबारे अध्यक्ष गुरुङले प्रतिवेदन पेश गरेका थिए । त्