November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

विपत्तिमा परी मृत्यु हुनेको संख्या ६१ पुग्यो

550

काठमाडौं । लगातार दुई दिनको भारी वर्षाका कारण आएको विपत्तिमा परी मृत्यु हुनेको संख्या ६१ पुगेको छ ।

मृत्यु हुनेहरुमा २० पुरुष, २६ महिला र १५ नाबालकसहित ६१ जनाको मृत्यु पुष्टि भएको प्रहरीले जनाएको छ ।

सबैभन्दा धेरै मृत्यु इलाममा भएको छ । इलाममा पहिरो र बाढीमा परेर मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

Advertisement

यस्तै, पाँचथरमा ८, उदयपुरमा ३, खोटाङमा २, सुनसरीमा १, रौतहटमा ३, मोरङ, महोत्तरी, सिन्धुपाल्चोक र सिन्धुलीमा १÷१ र काभ्रेमा २ जनाको मृत्यु भएको हो ।