November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

झापामा सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

2.3K

झापा । झापाको भद्रपुर नगरपालिका–२ को देउनिया पुलमा सोमवार दिउँसो सवारी दुर्घटना हुँदा १ जना पैदल यात्रीको मृत्यु भएको छ ।

झापाको पृथ्वीनगरबाट भद्रपुर तर्फ आउदै गरेको प्रदेश १–०१–००१ ख ३६५९ नम्बरको ट्रकले पैदल यात्री स्थानीय ३५ बर्षीया तुलसा खवास लामा र उनको २ बर्षीया छोरी रुक्सना लामालाई ठक्कर दिंदा ट्रक अनियन्त्रित भई पुलबाट खोलामा खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा घाईते भएका आमा छोरी र ट्रकका सह–चालक बिर्तामोड–२ झापाका २४ बर्षीय अनिल हस्दा र ५२ बर्षीय बुद्दलाल राजबंशीलाई उपचारको लागी प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा उपचारको क्रममा तुलसा खवासको मृत्यु भएको हो ।

Advertisement

ट्रक चालक पाँचथर हिलिहाङ–६ का योगेश सिटौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घाईते तीनै जनाको बिएनसी अस्पताल बिर्तामोडमा थप उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।