February 26, 2024, Monday
२०८० फाल्गुन १४
1:37:26 pm

दुर्घटनामा परी सञ्चारकर्मी महावीर विश्वकर्माको मृत्यु

2.3K

चितवन । सञ्चारकर्मी महावीर विश्वकर्माको दुर्घटनामा परी मृत्यु भएको छ । सञ्चारकर्म सँगै राजनीति र दलित अधिकारको क्षेत्रमा सक्रिय युवा विश्वकर्माको मंगलबार बिहान साढे पाँच बजेतिर सवारी दुर्घटनामा परी मृत्यु भएको हो ।

पूर्व–पश्चिम महेन्द्र राजमार्गको राप्ती नगरपालिका–६ भण्डारानजिक हर्दी चोकमा बिग्रेर राखेको भुस बोकेको ना २ ख ८५२२ नम्बरको ट्रकसँग हेटौंडाबाट नारायणगढतर्फ आइरहेको बा ४ ख ४१२ नम्बरको माइक्रोबस ठोक्किदा सोही माइक्रोबसमा रहेका विश्वकर्मा गम्भीर घाइते भएका थिए । प्रहरीका अनुसार उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा बिहान साढे सात बजेतिर उनको मृत्यु भएको हो ।

उक्त दुर्घटनामा माइक्रोबसका चालक २६ वर्षीय शंकर चौधरीको बायाँ खुट्टा र नाकमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

Advertisement

चितवन राप्ती नगरपालिका–४ डडुवा घर भएका ३५ वर्षीय विश्वकर्मा चर्चित रेडियो कार्यक्रम ‘बहकिने मन’का प्रस्तोता थिए । उनी टेलिभिजन कार्यक्रम निर्माणमा पनि संलग्न थिए । उनी वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य र जात व्यवस्था उन्मूलन मोर्चा नेपालका सचिव थिए ।