कुम्मायक गाउँपलिकको केन्द्र यासोक बजारको रानीगाउँतर्फ थोरै ओरालो झरेपछि भेटिन्छन्–बाँच्ने आशामा छटपटाइ रहेका जगत बहादुर सम्बाहाम्फे । उनी उपचार खर्च नभएपछि अस्पतालबाट घर फर्किएका हुन् । उनकी श्रीमती सधैँ उनको हेरचारमा व्यस्त हुन्छिन् ।
साविक रानीगाउँ ६ निवासी जगत लिम्बु समुदायका पुजारी अथवा ‘फेदाङ्मा’ हुन् । उनले आफू स्वस्थ र तन्दुरुस्त रहँदा यासोक, रानीगाउँ, स्याब्रुम्बा, माङ्गजाबुङ्ग मात्र नभएइर टाढाटाढासम्मका गाउँमा पुगेर लिम्बु कूल देवीदेवताको पूजा तथा अनुष्ठान गरिदिने गर्थे । गाउँमा बिरामीको झारफुक गर्ने काम पनि गर्थे ।
उमेर ढल्किंदै जाँदा उनलाई रोगले च्याप्दै गयो । कहिले खुट्टा दुख्ने, कहिले ढाडको नशा दुख्ने हुन थाल्यो । दुखाई सहन नसकेपछि उनले झारफुक गर्न छोडेर औषधि उपचार गर्नतिर लागे । उपचारकै क्रममा उनी गत बैशाखमा न्युरो अस्पताल बिराटनगर र बीपी कोइराला मेमोरियल अस्पताल धरान पुगे । जगतलाई ‘प्रोष्टेड क्यान्सर’ भएको रहेछ । सामान्य आर्थिक अवस्था भएका उनी केहि सहयोग रकम जुटाएर भरतपुर क्यान्सर अस्पताल चितवन पुगे । त्यहाँका चिकित्सकले धेरै रकम लाग्ने बताएपछि आफूसँग पर्याप्त रकम नहुँदा उनी घरमै आएर क्यान्सर रोगसँग लडिरहेका छन् ।
फेरि पनि बाँच्ने आशासहित जगत स्वास फेरिरहेका जगतलाई बचाउन उनका परिवारले आर्थिक सहयोगको याचना गरेका छन् ।
सहयोगका लागिः
नामः जगतबहादुर लिम्बु
बैंक खाता: मेगा बैंक
शाखाः यासोक, पाँचथर
खाता नं. : ०९६००५७८६८९६३