February 9, 2025, Sunday
२०८१ माघ २७
1:37:26 pm

स्वः गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा उनको सालिक अनावरण

11.3K

काठमाडौं । स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको सालिक अनावरण गरिएको छ । काठमाडौंको अनामनगरस्थित राखिएको गिरिजाप्रसादको अर्धकदको सालिक प्रधानमन्त्री देउवाले मंगलबार अनावरण गरेका हुन् ।

स्वः गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीको अवसर पारेर उनको सालिक अनावरण गरिएको हो । नेपाल ट्रेड युनियन काँग्रेसका संस्थापक अध्यक्ष, नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री कोइरालाको सालिक अनामनगरस्थित गिरिजाप्रसाद स्मृति भवनमा राखिएको छ ।

सालिक अनावरण कार्यक्रममा कांग्रेस उपसभापति धनराज गुरूङ, काँग्रेस नेता सुजाता कोइरालालगायत सहभागी थिए ।

Advertisement