April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेज ‘ह्याक’

3.9K

काठमाडौं – प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेज ह्याक भएको छ। उनले मुख्यमन्त्री र व्यक्तिगत रूपमा चलाउने गरेका दुवै फेसबुक पेज शुक्रबार बिहान ह्याक भएका हुन्।

मुख्यमन्त्रीको सचिवालयले प्रयोग गर्ने मुख्यमन्त्री सञ्चार सचिवालय प्रदेश २ पेज र मुख्यमन्त्रीका प्रेस सल्लाहकार आतिश मिश्राको फेसबुक आइडी पनि एकैसाथ ह्याक भएको छ।

मुख्यमन्त्रीकै फेसबुक ह्‍याक भएपछि उनको सचिवालयले यसबारे नेपाल प्रहरीको साइबर क्राइम ब्युरोलाई जानकारी गराइसकेको जनाएको छ। मुख्‍यमन्त्रीका प्रेस सल्लाहकार आतिस मिश्रका अनुसार मुख्‍यमन्त्री राउतको फेसबुक धरानबाट ह्‍याक भएको बताइएको छ।

Advertisement