काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट एकीकृत सरकारी कर्मचारी संगठन कैलालीले चिठ्ठा उपहार वितरण गरेको छ । विजय दशमी २०८० को अवसरमा राखेको चिठ्ठा उपहार एक कार्यक्रमबीच वितरण गरेको हो । बिहिबार चिट्ठा प्रतियोगितामा सहभागी धनगढीका २ जना कर्मचारीहरुले शान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।
निजामती सेवाबाट निवृत्त धनगढीका नारायण भट्ट र स्वास्थ्य कार्यालय कैलालीमा कार्यरत शारदा थापाले इडक्सन चुलो उपहार प्राप्त गरेका छन् ।
एकीकृत सरकारी कर्मचारी संगठन कैलालीका अध्यक्ष जनकराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) कैलालीका अध्यक्ष विमल कुमार जोशी प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा संगठनका केन्द्रीय उपाध्यक्ष जयदेव जोशी, नेकपा (एकीकृत समाजवादी) कैलाली सचिव दीर्घ जोशी, नेपाल पत्रकार महाँसंघका सचिव हेमकर्ण विक, लगाएतकाले बधाई मन्तव्य राखेका थिए ।
संगठनका जिल्ला सहसचिव हरि जोशीले स्वागत गरेका थिए । जनतासँग कर्मचारी भन्ने मुल उद्येश्यले चिट्ठा उपहार कार्यक्रम राखीएको हो ।