November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन समाजवादीको सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलन सम्पन्न

3.5K

धनगढी । नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी) को सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलन सम्पन्न भएको छ । बुधबार सुदूरपश्चिमको धनगढीस्थित नेकपा (एकीकृत समाजवादी) को पार्टी प्रदेश कार्यालयमा सम्पन्न भएको हो ।

सम्मेलनमा प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश पार्टी सचिव दिनेशचन्द्र सुवेदीले सेना र प्रहरीहरूले राष्ट्रको सेवा निवृत्त भएर पनि आफूले पाएको जिम्मेवारी इमादारसाथ बहन गरेको बताए । प्रथम र द्वितीय विश्वयुद्धमा नेपाली सेनाले नेपाललाई विश्वमा चिनाउन ठूलो बहादुरी कमाएको भन्दै पार्टीको जनसंगठनमा पनि उनीहरुले त्यो अनुभव ज्ञान शिप र इमानदारी प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय मुलुक र नेपाली जनताको प्यारो पार्टीमा भूपू सैनिक तथा प्रहरी संगठनले फेरी पनि राम्रो काम गर्दै जनताको मन र भावना जित्न अनुरोध गरेका थिए ।

विशेष अतिथिहरूमा पार्टीका केन्द्रीय परिषद सदस्य तथा नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन समाजवादीका केन्द्रीय अध्यक्ष धनबहादुर कार्कीले निर्वाचित समितिलाई सपथ ग्रहण गराउनुको साथै महत्त्वपूर्ण निर्देशन दिएका थिए ।

Advertisement

विशेष अतिथि केन्द्रीय महासचिव हरिशरण गिरीले सांगठनिक संरचना विधान तथा आर्मी प्रहरीको लागि आफ्नो जिम्मेवारी अनुसार काम गर्दै सबैको हित हुने काम यो संगठनले गर्ने प्रतिवद्धता जाहेर गरे ।
भेलाले गणेश रावलको अध्यक्षतामा २१ सदस्यीय नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन समाजवादीको सुदुरपश्चिम प्रदेश कमिटी समेत निर्माण गरेको छ । नवगठित समितिको उपाध्यक्षहरूमा कालु सिंह साउद र हर्क बहादुर खड्का, सचिवमा कमल पौडेल रहेका छन् ।

बैठकले आगामी ३० दिन भित्र ९ वटै जिल्ला कमिटी गठन गरिसक्ने र सबै जिल्ला कमिटी बैठक गरी सदस्यता वितरण गर्ने निर्णय गरेको बताईएको छ ।

कार्यक्रममा प्रदेश इन्चार्ज र प्रदेश अध्यक्षले संगठनको सदस्यता वितरण प्रारम्भ भएको छ । भेलाले कञ्चनपुर जिल्ला कमिटीसमेत गठन गरेको छ । भेलाले कालु सिंह सावदको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन गरेको छ भने उपाध्यक्षमा हर्क खड्का र हरी सिंह एडी सचिवमा बल बहादुर चुनार र कोषाध्यक्षमा शंकर बहादुर सावद निर्वाचित भएका छन् ।

त्यसैगरी कैलाली जिल्ला कमिटीमा शेरबहादुर कठायतको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन भएको छ । भेलाले बाजुरा जिल्लाको संयोजकमा चेत थापा र दार्चुला जिल्लाको संयोजकमा विष्णु हुम्ली चयन भएको छ ।

भूपू सैनिक तथा प्रहरी संगठनको हालसम्म उपत्यका सहित ८ प्रदेश कमिटी गठन भएको छ भने २७ जिल्ला कमिटी ११ आयोजक कमिटी १६ महानगर पालिका समेत गरी विभिन्न नगर पालिका कमिटी गठन भई सकेको छ ।
कार्यक्रमको अध्यक्षता भूपू सैनिक तथा प्रहरी संगठनका केन्द्रीय उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज डम्मर बाहादुर लुहारको अध्यक्षतामा भएको थियो ।