April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

कैलालीमा कालो ढुसीबाट एक पुरुषको मृत्यु

3.2K

धनगढी– कैलालीमा एक जना म्यूकरमाइकोसिस (कालो ढुसी) संक्रमितको मृत्यु भएको छ।। सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीको बर्दगोरिया–६ का ६५ वर्षिय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।

सूचना अधिकारी श्रेष्ठका अनुसार जेठ १७ गते देखि अस्पतालमा उपचाररत उनको बिहीबार बिहान ७ बजे मृत्यु भएको हो। ती पुरुषले पीसीआर रिपोर्ट भने नेगेटिभ आएको श्रेष्ठले बताए।

‘सेती प्रादेशिक अस्पतालमा कालो ढुसीबाट मृत्यु हुने पहिलो संक्रमित उनै हुन्,’ सूचना अधिकारी श्रेष्ठले भने, ‘यसअघि यस्तो लक्षणका कुनै पनि संक्रमित अस्पतालमा फेला परेका थिएनन् र उपचारमा पनि छैनन्।’

Advertisement

उपचारमा संलग्न डा शेरबहादुर कमर, डा निशान भट्टराई र डा अशोक श्रीपाइलीको टिमले उनमा  कालो ढुसीको लक्षण देखिएपछि बायोप्सी परीक्षण गर्दा पुष्टि भएको चिकत्सकले बताएका छन्।

मधुमेह, क्यान्सरलगायतका बिरामीमा यसको समस्या बढी देखिने चिकित्सहरुकाे भनाइ छ। यस रोगबाट बच्न आफ्नो शरीरमा रोगप्रतिरोधी क्षमतालाई घट्न नदिने कुरामा चनाखो  हुनु पर्ने सेती प्रादेशिक अस्पतालमा कार्यरत डा भट्टराई बताउँछन् ।