मोरङ – मोरङको रंगेली नगरपालिका–१ स्थित शिखर टोलमा पानी जमेको खाल्डोमा एक जना वृद्ध पुरुष मृत फेला परेका छन् । रंगेली–१ का ६२ वर्षीय दीपक सुन्दास बाटोको छेउमा पानी जमेको खाल्डोमा मंगलबार साँझ मृत फेला परेको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार पानी जमेको खाल्डोमा वृद्धको शव भेटिएको हो । खाल्डो गहिरो नभएकाले घटना शंकास्पद भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । शवको रंगेली अस्पतालमा पोस्टमार्टम गरिएको डीएसपी श्रेष्ठले जानकारी दिए ।