सोलुखुम्बु । भोटेकोशीको बहाव बढ्दा सोलुखुम्बुको थामे गाउँमा क्षति पुगेको छ । खुम्बु पासाङल्हामु गाउँपालिका- ५ थामे स्थित रहेको भोटे कोशीको बहाव अचानक बढेको हो ।
प्रहरीका अनुसार शुक्रबार दिउँसो २ बजे भोटेकोशीको बहाव बढेर थामे एरियामा रहेको ३ वटा घर बगाएको छ भने १ वटा होस्टेल र ४/५ वटा घर जोखिममा रहेको छ ।
तत्काल मानवीय क्षति नभएको बुझिन आएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय थाम्बुचे र इलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरी टोली खटिएको छ ।