April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

माईखोलामा पौडी खेल्न गएका ११ वर्षीय मिङसुहाङ र ८ वर्षीय किस्मनको डुबेर मृत्यु

1.1K

विराटनगर। इलाममा पौडी खेल्ने क्रममा खोलामा डुबेर दुईजना बालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बिहीबार साँझ इलामको माई नगरपालिका-८ माईखोलामा पौडी खेल्ने क्रममा डुबेर २ जना बालकको मृत्यु भएको हो।

दिउँसो साढे ३ बजेको समयमा स्थानीय बिक्रम लिम्बुको ११ बर्षीय छोरा मिङसुहाङ लिम्बु र राजेन्द्र आङदेम्बेको ८ बर्षीय छोरा किस्मन आङदेम्बे माईखोलामा पौडी खेल्न गएकोमा अबेरसम्म घर फर्की नआएपछ खोजतलासमा खटिएको प्रहरी टोली र स्थानीयले मिङसुहाङ लिम्बुलाई पानीमा डुबि घाइते अवस्थामा र किस्मन आङदेम्बेलाई मृत अवस्थामा फेला पारेको थियो ।

Advertisement

घाइते लिम्बुलाई उपचारको लागि बिएण्डसि अस्पताल झापा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको तथा घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।