November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

गिरीबन्धु चिया बगानप्रकरणमा छानबिन माग गर्दै प्रदर्शन

1.4K

झापा । गिरीबन्धु चिया बगानको जग्गा सट्टापट्टाको विषय छानबिन माग गर्दै विर्तामोडमा प्रदर्शन गरिएको छ ।

एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री र पदम अर्याल भूमि व्यवस्था मन्त्री भएका बखत ऐन नै संशोधन गरेर गिरीबन्धु चिया बगानलाई प्लटिङ गर्ने इजाजत दिएको भन्दै नेपाल विद्यार्थी संघ र तरुण दल झापाले आइतबार बिर्तामोडमा विरोध प्रदर्शन गरेका हो। 

नेविसंघले गिरीबन्धु चिया बगानको जग्गा किनबेचमा ठूलो गिरोह सक्रिय रहेको र लोभलालचमा परेर सर्वसाधारणको करोडौं रकम डुबेको भन्दै घटनाको सत्यतथ्य छानबिनका लागि सरकारसँग माग गरेको।

Advertisement

उनीहरूले सहकारी अनियमितता प्रकरणमा फरार जबवी राईलाई तत्काल पक्राउ गरी कानुनी कठघरामा उभ्याउन पनि माग गरेका छन् ।