दमक । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सहित उच्च तहका नेताहरु असोज १४ गते झापा आउने भएका छन् । एकीकृत समाजवादीले असोज १४ गतेबाट संचालन गर्ने मेची–काली समाजवादी जागरण यात्राको समुद्घाटन गर्न अध्यक्ष नेपाल सहित शीर्ष नेताहरु झापा आउने कार्यक्रम रहेको छ ।
झापाको तीन अलग–अलग स्थानमा पूर्वप्रधानमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका अध्यक्ष नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
झापाको दमकमा सोमबार दमक नगर कमिटीले आयोजना गरेको बैठकमा कार्यक्रमको तयारी र व्यवस्थापन सम्बन्धी छलफल कार्यक्रममा एकीकृत समाजवादी झापाका अध्यक्ष बेदराज रेग्मीले असोज १४ गते झापाको काँकडिभिट्टा, बिर्तामोड र दमकमा हुने वृहत जनसभालाई व्यापक जनसहभागिता जुटाउन र प्रचारप्रसारका कार्यक्रमलाई तीब्र पारिएको बताए ।
नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटीद्धारा असोज १४ गतेदेखि सञ्चालन हुने मेची–काली समाजवाद जागरण यात्राको समुद्घाटन गर्न अध्यक्ष नेपालसहित सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महासचिव घनश्याम भुषाल लगायत दर्जनौ नेताहरु झापा आउने बताईएको छ ।
काँकडिभिट्टास्थित मेची नदीबाट सुरु हुने समाजवाद जागरण यात्राको उमुद्घाटनको क्रममा अध्यक्ष नेपाल, सम्मानित नेता खनाल, महासचिव भुषाल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको झापा अध्यक्ष रेग्मीले बताउनु भयो । काँकडिभिट्टापछि सोही दिन जिल्लाको बिर्तामोड र दमकमा आयोजित कोणसभामा शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको रेग्मीले जानकारी दिए ।
त्यस्तैं, केन्द्रीय सदस्य तथा झापाका सहइन्चार्ज निलामणी बरालले झापामा आयोजना हुने समाजवाद जागरण यात्राको समुद्घाटन कार्यक्रमलाई भब्य र सभ्य बनाउन यसअघि जिल्ला कमिटीको बैठकले मुल व्यवस्थापन कमिटी गठन गरिएको बताए । कार्यक्रमलाई व्यवस्थित बनाउन केन्द्रीय सदस्य बरालका अनुसार पार्टी केन्द्रीय सदस्य तथा जिल्ला कमिटी झापाका इन्चार्ज पुष्पराज पोख्रेलको संयोजकत्वमा २ सय ५१ सदस्यीय मूल व्यवस्थापन कमिटी गठन गरिएको छ ।
बैठकमा केन्द्रीय सल्लाहकार सदस्य तथा दमक नगरपालिकाका पूर्व नगर प्रमुख इन्द्रबहादुर बुढाथोकी, केन्द्रीय परिषद सदस्य मणी भण्डारी, प्रदेश कमिटी सदस्य शान्तिराम आचार्य, दमक नगर इन्चार्ज हरिप्रसाद पोख्रेल, समाजवादी प्रेष संगठन झापाका अध्यक्ष अनिलदेब राई, कमल गाउँकमिटी अध्यक्ष होमप्रसाद बराल, युवा संघका केन्द्रीय सदस्य हरिकृष्ण पौडेल लगायतले जागरण यात्रालाई सफल बनाउन प्रतिवद्धता व्यक्त गरेका थिए ।
नगर कमिटी अध्यक्ष रोशन भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नगर कमिटीका उपसचिव मदन गुरुङ, दमक उद्योग बाणिज्य संघका सल्लाहकार तथा दमक नगर कमिटी सदस्य युवराज घिमिरे, नगर सदस्य तथा स्वास्थ्य विभाग प्रमुख चन्द्र थापा, नगर सदस्य मनकुमार दर्नाल, दमक बहुमुखी क्याम्पस अनेरास्ववियूका नेता आयुषमान पोख्रेलको सहभागिता थियो ।