April 2, 2025, Wednesday
२०८१ चैत्र २०
1:37:26 pm

एमाले निकट दर्जन बढी नेता कार्यकर्ता एकीकृत समाजवादीमा समाहित

1.7K

काठमाडौँ । नेकपा (एमाले) निकट ट्रेड युनियन (जिफन्ट) कोशी प्रदेशका पूर्वसचिव दिनेश राईलगायत एक दर्जन बढी नेता कार्यकर्ताहरू एकीकृत समाजवादीमा समाहित भएका छन् ।

एकीकृत ट्रेड युनियन, कोशी प्रदेशको प्रदेश कार्यालय उद्घाटनको अवसरमा आयोजित प्रदेश कमिटीको बैठकमा पूर्वसचिव राईसहितका नेता कार्यकर्ता समाजवादीमा समाहित भएका हुन् । एमाले निकट जिफण्टमा विद्रोह जारी छ। गत हप्ता मात्र काठमाण्डौमा ६० वढी केन्द्र प्रदेश र जिल्ला स्तरका नेता कार्यकर्ताहरु एकीकृत समाजवादी निकट एकीकृत ट्रेड युनियनमा समाहित भएका थिए ।

बुधबार युनियनले कार्यालय उद्घाटनसँगै बैठक सम्पन्न गरेको हो । साथै एमाले निकट जिफण्टका प्रदेश कमिटीका पूर्वसचिव दिनेश राईलगायत दर्जनौं नेता कार्यकर्ताहरू एकीकृत ट्रेड युनियनमा समाहित भएका छन् ।

Advertisement

समाहित नेता कार्यकर्ताहरूलाई संगठनका केन्द्रीय अध्यक्ष विष्णु प्रसाद लम्साल, पोलिटब्युरो सदस्य दिनेश राई, संगठनका प्रदेश कमिटी अध्यक्ष प्रेम सिंहलगायतका नेताहरूले पार्टीमा स्वागत गरेका हुन् । संगठनमा समाहित भएका नेता कार्यकर्ताहरूलाई श्रमिकका अधिकार र सङ्गठन निर्माण तथा विस्तार अभियानमा क्रियाशील हुन अध्यक्ष लम्सालले निर्देशन दिएका छन् ।