September 26, 2023, Tuesday
२०८० आश्विन १०
1:37:26 pm

हल्दिबारीमा संघर्ष समितिको अन्तरक्रिया कार्यक्रम सम्पन्न

545

झापा । हल्दिबारी गाउँ पालिकामा प्रदेश न. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

संघर्ष समिति हल्दिबारीको आयोजनामा साउन ३१ गते हल्दिबारी गाउँ पालिका वडा न. १ स्थित जनजागृति क्याम्पसको सभाहलमा सो कार्यक्रम सम्पन्न भएको हो ।

प्रदेश न. १ पुनः नामाङ्क संयुक्त संघर्ष समिति झापाका संयोजक तथा नेफिन झपा अध्यक्ष पाण्डवलाल चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संघर्ष समिति झापाका सदस्य सचिव तथा किरात याक्थुङ् चुम्लुङ् झापा अध्यक्ष सेसेहाङ् फियाक लिम्बू, संघर्ष समिति भूपू सैनिक परिचालन संयन्त्र समितिका संयोजक तथा किरात राई यायोख्खा झापाका सल्लाहकार समर राई, पचिानवादी नेता ध्रुब श्रेष्ठ, नेपाल आदिवासी जनजाति माशासंघ गाउँ समन्वय परिषद् हल्दिबारीका अध्यक्ष अर्जुन बोखिम, पहिचानवादी युवा नेता कैदी मावो लगायतले आफ्नो मन्तव्य राख्नुहुँदै पहिचानवादी आन्दोलनको विषयमा उठेका समसामयिक विषयहरूको बारेमा प्रष्ट्याएका थिए ।

Advertisement

अन्तरक्रिया कार्यक्रममा सहभागिहरूले उठाएका विषयहरूको जिज्ञासाको जवाफ दिने क्रममा प्रदेश न.ं १ को नाम कोशी खारेज नभइञ्जेलसम्म पहिचानको आन्दोलन नरोकिने उद्घोष गर्दै आगामी ८४ सालमा हुने संघीय र प्रदेश प्रतिनिधीको चुनावलाई समेत लक्षित बनाएर आन्दोलनमा होमिएका सारा पहिचानवादी जनमानसलाई एकत्रित बनाईराख्नको निमित्त आवश्यक रणनीति निर्माण हुनुपर्ने समेत जोड दिए ।

वक्ताहरूले अहिलेको परिस्थितिमा आन्दोलनमा होमिएका कुनैपनि पहिचानवादी जातिय संघसंस्था र राजनैतिक दलहरूको मोर्चाबन्दीलाई जो कसैले पनि अन्यत्र मोडिन दिन नहुनेमा जोड दिँदै कोशी खारेजी भएपछि गोलमेच सम्मेलन गरेर प्रदेशको नाम बहुपहिचानको आधारमा निर्धारण गरिने भएकोले अहिले नै नामको वारेमा टाउको दुखाउनु नहुने कुरा पनि राखे ।

प्रदेश न. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति हल्दिबारीका संयोजक बुद्ध मावोको सभापतित्वमा भएको अन्तरक्रिया कार्यक्रममा समितिका उपाध्यक्ष गोपालधन गुरुङ्ले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव मनोज राईले कार्यक्रम सञ्चालन गरेका थिए ।